Rule 9
छनौट समितिको काम, कर्तव्य र अधिकार

(१) छनौट समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) सम्बन्धित विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट लिइएको परीक्षाको प्राप्ताङ्क सहितको विवरण प्राप्त गर्ने,

(ख) खण्ड (क) बमोजिमको प्राप्ताङ्क र उम्मेदवारको शैक्षिक योग्यता तथा आरक्षण सम्बन्धी प्रमाणका आधारमा साधारण तथा आरक्षण तर्फको योग्यताक्रम कायम गर्ने,

(ग) छात्रवृत्तिमा मनोनयनको लागि शिक्षा मन्त्रालय समक्ष उम्मेदवारको नाम सिफारिस गर्ने,

(घ) खण्ड (क) बमोजिमको विवरण उपलब्ध हुन नसकी खण्ड (ख) बमोजिम योग्यताक्रम कायम गर्न नसकिने भएमा त्यस्तो छात्रवृत्तिमा मनोनयनको लागि निजामती सेवा सम्बन्धी प्रचलित कानून बमोजिमको छात्रवृत्ति बाँडफाँड समितिमा पठाउन वा अन्य उपयुक्त व्यवस्था गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,

(ङ) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिताको मस्यौदा तयार गरी छात्रवृत्ति निर्धारण समिति समक्ष पेश गर्ने,

(च) छात्रवृत्तिको लागि उम्मेदवार छनौट सम्बन्धी आचार संहिता उल्लङ्घन गर्ने व्यक्ति उपर आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालय समक्ष सिफारिस गर्ने,

(छ) छात्रवृत्ति प्राप्त गनेए उम्मेदवार हुनको लागि चाहिने न्यूनतम योग्यता तोक्ने,

(ज) छात्रवृत्ति सम्बन्धमा लिइएको परीक्षाको अनुगमन गर्ने,

(झ) छात्रवृत्ति निर्धारण समितिले दिएको नीति निर्देशनलाई पालना गर्ने,

(ञ) छात्रवृत्तिमा उम्मेदवारको छनौट सम्बन्धी अन्य आवश्यक कार्य गर्ने गराउने ।